२०७९ माघ २५ बुधबार

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ।

गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए।

स्वास्थ्य अवस्था ठिक भएपछि जिल्लाका सबै कार्यक्रमहरुमा सहभागी हुने एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए। उनलाई ज्वरो आएपछि औषधि खाएर घरमै आराम गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकी सँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा हिजो उनी उपस्थित हुन सकेनन् ।

हिजो बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसँगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो ।

अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र क का उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराए ।निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले सो पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भएको दाहालले जानकारी दिनुभएको छ । आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा क्षेत्र नं ५  कार्यकर्ताहरुको उपस्थिती रहने छ ।

३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए । अध्यक्ष ओली ३ गते दिउसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

२०७९ कार्तिक २, बुधबार प्रकाशित 0 Minutes 39 Views

ताजा समाचार