२०७९ चैत्र १८ शनिबार

बझाङ जिप दुर्घ*टना : मृ*त्यु संख्या ७ पुग्यो, १६ जना घा*इते (नामसहित)

बझाङ : बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घट*नामा परी मृ*त्यु हुनेको संख्या ७ पुगेको छ। १६ जना घा*इते भएका छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घ*टना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृ*त्यु भएको हो।

जिप दुर्घ*टना हुँदा घा*इते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घा*इतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ। दुर्घ*टनामा घा*इतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। दुर्घ*टनामा परि मृ*त्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।

घा*इतेमध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको छ। घा*इते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्की देवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका-१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घ*टनामा परेको हो। कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घ*टना भएको हुनसक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो।

‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले भने। दुर्घ*टनामा प्रायःजसो मष्टा २ का यात्रुहरुले ज्यान गुमाएका छन्।

दुर्घ*टनाले मष्टा गाउँपालिका शोकमा डुबेको छ। यसअघि २०७६ साल असार २ गते पनि सोही सडक खण्डअन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घ*टना हुँदा १० जनाले ज्यान गुमाएका थिए।-ANNAPURNA

२०७९ कार्तिक २, बुधबार प्रकाशित 1 Minute 67 Views