
‘म फाइटर हुँ, भाग्ने व्यक्ति होइन’

लण्डन । बेलायतमा राजनीतिक उथलपुथल अन्त्य भएको देखिँदैन। सत्तारुढ टोरी पार्टीका अधिकांश मतदाताले हाल ऋषि सुनकलाई प्रधानमन्त्री पदका लागि सही उम्मेदवार मान्न थालेका छन् ।
यसैबीच, बेलायती प्रधानमन्त्री लिज ट्रसले बुधबार आफू भाग्ने व्यक्ति नभएको र एक योद्धा भएको बताएकी छन् ।
कमजोर आर्थिक योजनालाई लिएर आफ्नै कन्जरभेटिभ पार्टीबाट कडा विरोध भइरहेको बेला उनले यो वक्तव्य जारी गरेकी हुन् ।
बेलायतका नवनियुक्त अर्थमन्त्री जेरेमी हन्टले आफ्नो सरकारको कर कटौती प्याकेज निर्णयहरू एक महिना भन्दा कम समय अघि उल्टाएका थिए। त्यसपछि ट्रस पहिलो पटक संसदको पहिलो अधिवेशनमा सहभागी भइन् । उनले संसदमा माफी मागिन् र बेलायती सरकारको प्रमुखको रूपमा आफ्नो छोटो कार्यकालमा भएका गल्तीहरू स्वीकार गरिन्। संसदमा ट्रस बोल्दै गर्दा केही सांसदले ‘राजिनामा देउ’ भन्दै नारा लगाएका थिए ।
विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले भने, उनी अझै यहाँ किन छिन् ? जसको ट्रसले जवाफ दिदै भनिन्, ुम लडाकु हुँ, भाग्ने व्यक्ति होइन। मैले आर्थिक स्थायित्व सुनिश्चित गर्न राष्ट्रिय हितमा काम गरेकी छु।”
ट्रसको सरकारले २३ सेप्टेम्बरमा बिना सोचाइ कर कटौती गरेको थियो जसका कारण वित्तीय बजारमा पहिरो गयो र पाउन्डको मूल्य घट्यो।
बैंक अफ इङ्गल्याण्डले यो संकटलाई अर्थव्यवस्थामा गहिरो हुनबाट रोक्न हस्तक्षेप गर्नुपरेको थियो ।