२०८० जेष्ठ २३ मंगलवार

कपिलवस्तुमा सशस्त्रकाे ट्रक दुर्घटना हुँदा दुईको मृ*त्यु, ६ घाइते

कपिलवस्तुमा सशस्त्रकाे ट्रक दुर्घ*टना हुँदा दुईको मृ*त्यु, ६ घाइते

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घ*टना हुँदा दुई जनाको मृ*त्यु भएको छ। शुक्रबार साँझ ८ बजे जिल्लाको बाणगंगा नगरपालिका-३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घ*टनामा साइकलमा सवार यात्रु र एकजना सशस्त्र प्रहरीको मृ*त्यु भएको हो।

मृ*त्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरीका रमेश चौधरी र स्थानीय  साइकलयात्री अमर तङनामी  रहेको प्रहरीले बताएको छ। चारनम्बर जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदा साइकलयात्रीलाई ठक्कर दिएर दुर्घ*टनामा परेको स्थानीय प्रत्यक्षदर्शीले  बताए।

दुर्घ*टनामा ६ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था ग*म्भीर रहेकाे प्रहरीले जनाएकाे छ। नीहररूकाे थप उपचारको लागि बुटवल रेफर गरिएको छ। बाँकी चारजनाकाे कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घ*टनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रक दुर्घ*टना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए।

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 91 Views