२०७९ चैत्र ७ मंगलवार

ब्याजदर नघटाए आ*न्दोलनमा उत्रिन्छौँ : होटल व्यवसायी

ब्याजदर नघटाए आ*न्दोलनमा उत्रिन्छौँ : होटल व्यवसायी

बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आ*न्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् ।

वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।
होटल सङ्घ पोखरा नेपालले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् ।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए । -lokantar

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 39 Views

ताजा समाचार