२०७९ माघ २५ बुधबार

कोठामा प्वाल बनाई लजमा आएका पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर प*क्राउ

कोठामा प्वाल बनाई लजमा आएका पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर प*क्राउ

 

काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति प*क्राउ परेका छन् ।

प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोलीले उक्त लजका म्यानेजरलाई प*क्राउ गरेको हो । प*क्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि १५ घर भई उक्त क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षका मुकेश माली रहेका छन् । मालीको फोन जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरूको रेकर्डेड भिडियो फेला परेपछि प*क्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मालीले भिडियो खिच्न प्रयोग गरेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

प*क्राउ परेका मुकेश माली उपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर’ अन्तर्गत ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 172 Views

ताजा समाचार