२०७९ माघ २५ बुधबार

सामाजिक सञ्जालमा गाउँ जाने कुरा उल्लेख नगर्न प्रहरीको आग्रह

सामाजिक सञ्जालमा गाउँ जाने कुरा उल्लेख नगर्न प्रहरीको आग्रह

सामाजिक सञ्जालमा गाउँ जाने कुरा उल्लेख नगर्न प्रहरीको आग्रह

काठमाडौं । चाडपर्वको समयमा सुरक्षालाई मध्यनजर राख्दै नेपाल प्रहरीले आमनागरिकलाई सामाजिक सञ्जालमा आफू गाउँ जान लागेको कुरा अथवा आफ्नो ठेगाना उल्लेख गरेर कुनै पनि कुरा पोष्ट नगर्न आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्रहरीले तिहार र छठ पर्वको लागि गाउँ जान लागेको लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हो ।

चाडपर्वको समयमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस्तो सूचना जारी गरेको हो ।

यसले सम्भावित दुर्घटना अथवा साइबर अपराध रोक्न सकिने प्रहरीको विश्वास छ ।

२०७९ कार्तिक ७, सोमबार प्रकाशित 0 Minutes 43 Views

ताजा समाचार