२०७९ माघ २५ बुधबार

सन्दीपलाई थप २ दिन हिरा*सतमा राख्‍न अदालतको अनुमति

सन्दीपलाई थप २ दिन हिरा*सतमा राख्‍न अदालतको अनुमति

काठमाडौँ — बला*त्कार आ*रोपमा हिरा*सतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरा*सतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

तस्बिर : हेमन्त श्रेष्ठ

आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरा*सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो ।

त्यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुन: ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो ।

सञ्चारकर्मीहरुसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए । उनले आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने तयारी रहेको पनि बताए । उनले नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको बताए । उनले सन्दीपको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न गलत समाचार प्रकाशन भएको भन्दै सन्दीपको स्वास्थ्यअवस्था राम्रो रहेको बताए ।

१७ वर्षकी किशोरीले बला*त्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै प*क्राउ गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बला*त्कार गरेको आ*रोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उ*जुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।-ekantipur

२०७९ कार्तिक ७, सोमबार प्रकाशित 1 Minute 58 Views

ताजा समाचार