२०७९ माघ १६ सोमबार

दुब्लाउँदै गएका छन् सन्दीप, कसैसँग पनि बोल्दैनन्

दुब्लाउँदै गएका छन् सन्दीप, कसैसँग पनि बोल्दैनन्

काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने अहिले न्यायिक हिरासतमा छन् । केही दिनअघि जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । उनले अहिले हिरासतमा कसरी आफ्ना दिन काटिरहेका छन् भन्ने धेरैको चासो रहन्छ । उनी अहिले त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।

यो कुरा अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् । आफूमाथि जाहेरी पर्दा उनी जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथि गलत आरोप लगाइएको बताएका छन् ।-sutranews

२०७९ कार्तिक ७, सोमबार प्रकाशित 1 Minute 92 Views

ताजा समाचार