उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घ*टना हुँदा दुई जनाको मृ*त्यु भएको छ भने एक जना ग*म्भीर घा*इते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घ*टना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृ*त्यु भएको छ ।
बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६प ४५३५ नंको मोटरसाइएकलमा सवार तामाङ तीव्रगतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घ*टना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगेर उपचार गर्ने क्रममा गए राति नै तामाङको मृ*त्यु भएको कुरा जिल्ला प्रहरीले बताएको छ ।-khabarhub