२०८० जेष्ठ २३ मंगलवार

चितवनमा एक युवकको ह*त्या

चितवनमा एक युवकको ह*त्या

blog

भरतपुर कात्तिक १२ गते । चितवनको माडीमा एक जनाको ह*त्या भएको छ ।  शुक्रवार राती करिब १  बजे चितवन माडी न.पा. ४ धुसेरी बस्ने वर्ष ३२ को जीवन नेपालीको ह*त्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

नेपालीको  आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी हुना साथ इप्रका माडी बाट प्र.नि. को टोली गई हेर्दा मृतकको टाउकोमा चोट लागेको अवस्थामा रहेको र घ*टनास्थलमा खु*कुरीसमेत फेला परेको प्रहरीले जनाएको छ ।

घ*टनाको अनुसन्धान भइरहेको छ । घ*टनामा संलग्न रहेको आंशकामा प्रहरीले  रहेकोले अनुसन्धान कार्य भइरहेको बताइएको छ । सो घ*टनामा संलग्न रहेको आशङ्कामा  पूर्वी नवलपरासी, गैँडाकोट नगरपालिका वडा न ७ टोल निवासी ३४  वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

कुमाल र नेपाली साथी हुन् । उनीहरू भरतपुर कारागारमा सँगै बसेर केही महिनाअघि जेलमुक्त भएका हुन् । कुमालले दुई दिनअघिको भाइटीकामा नेपालीकै दिदीको हातबाट टीका लगाएका थिए । दुवै जना अहिले नेपालीकै दाजु रमेश नेपालीको फर्निचरमा काम गर्थे । कुमाल बाघको छाला विक्री वितरणको अभियोगमा जेल परेका थिए ।

नेपालीको ह*त्या किन भयो भन्ने यकिन हुन सकेको छैन तर लागू पदार्थ सेवनपछि ह*त्या भएको स्थानीयको आशङ्का छ । कुमालले गए राति नै आफैले भाइटीका लगाएको नेपालीको दिदीको सुनका गहना पनि लु*टेको बताइन्छ । -gorkhapatraonline

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 55 Views