२०७९ चैत्र १८ शनिबार

महिलामाथि आक्र*मण गरेको हात्तीको दाह्रा मुठारियो

महिलामाथि आक्र*मण गरेको हात्तीको दाह्रा मुठारियो

पर्सा राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न भएकी एक जना महिलालाई आक्र*मण गरेको जंगली हात्तीको दाह्रा काटिएको छ । हात्ती नियन्त्रणभन्दा बाहिर गएकाले विभागीय अनुमतिअनुसार आज सो हात्तीको दाह्रा काटिएको निकुञ्जले बताएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ बस्ने ५१ वर्षीय रुकैया खातुनलाई हिजो निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न जाने क्रममा सोही क्षेत्रमा रहेको भाले हात्तीले आक्र*मण गरेको थियो । आक्र*मणबाट घाइते भएकी उनको सिमरास्थित अलपाइन मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।त्यसलगत्तै आज निकुञ्जले थप क्षति हुन नदिन हात्तीको दाह्रा निकालिएको जानकारी दिएको छ । निकुञ्जको हातिसार शाखाको परिसरमा उक्त हात्तीलाई बेहोस पारेर दाह्रा काटिएको छ । निकुञ्ज कार्यालयका कामु प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामका अनुसार हात्ती केही समयपछि प्राकृतिक बासस्थानमा सकुशल गएको छ ।-janaastha

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 186 Views