२०७९ चैत्र ७ मंगलवार

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्र*मण

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्र*मण

unn.prixa.net

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्र*मण भएको छ । बिहान एकजना पुरूषले सन फ्रान्सिस्कोमा रहेको पेलोसीको घरमा पसेर आक्र*मण गरेका बीबीसीले जनाएको छ ।

घरभित्र पसेर सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका व्यक्तिले पछि पेलोसीका श्रीमान् ८२ वर्षका पउल पेलोसीलाई आक्र*मण गरेका थिए । आक्र*मणकारी घरभित्र पस्दै गर्दा पउलले आकस्मिक नम्बरमा फोन गरेका र केहीबेरमा पुगेको प्रहरीले आक्र*मणकारीलाई प*क्राउ गरेका बीबीसीले जनाएको छ । प*क्राउ पर्नेमा ४२ वर्षका डेभिड डेपापे रहेका छन् । आक्र*मणको कारण नखुलेको र थप अनुसन्धान भइरहेको अमेरिकी प्रहरीले जनाएको छ ।

आक्र*मणबाट पउलको टाउको, पाखुरा र हातमा चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउलको अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् । पति पउलमाथि आक्र*मण हुँदा सभामुख पेलोसी वासिङ्टनमा रहनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले आक्र*मणको भर्त्सना गर्नुभएको छ । -ujalyoonline

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 50 Views

ताजा समाचार