२०७९ चैत्र ७ मंगलवार

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आ*गो लाग्यो, आपतकालीन अवतरण

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आ*गो लाग्यो, आपतकालीन अवतरण

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आगो लाग्यो, आपतकालीन अवतरण
भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आ*गो लागेको छ।

यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ। यो घट*ना शुक्रबार राति करिब १० बजेको हो।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आ*गो लागेको थियो। यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन्।

समाचारमा उल्लेख गरिएअनुसार विमानका सबै यात्रु सुरक्षित छन् र कसैलाई पनि कुनै क्षति पुगेको छैन।

पछि अर्को विमानमा राखेर उनीहरुलाई गन्तव्यमा पठाइएको थियो। यो विमानमा १७७ यात्रु थिए र चालक दलका सात सदस्य सवार थिए। इन्डिगोले पनि एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ।

स्रोतका अनुसार विमानको इन्जिनमा आ*गो लागेको उडानको प्रतीक्षामा रहेको स्पाइसजेटको विमानका पाइलटले जानकारी दिएका थिए।-nepalkhabar

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार