२०८० जेष्ठ १९ शुक्रबार

पल शाहले कारागारभित्रै लगाए बहिनी रोशनीबाट भाइटीका

पल शाहले कारागारभित्रै लगाए बहिनी रोशनीबाट भाइटीका

काठमाडौं-अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् ।

तनहुँ कारागार प्रमुख नारायण अधिकारीका अनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । ‘हामीले उहाँलगायत तनहुँ कारागारका बन्दीहरुलाई आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं । त्यहीअन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने ।

पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिए ।

२०७९ कार्तिक १३, आईतवार प्रकाशित 1 Minute 110 Views