२०८० जेष्ठ २३ मंगलवार

ढाड दुख्नेदेखि मुर्छा पर्नेसम्म अचूक औषधि कपुरको फाइदै फाइदा

ढाड दुख्नेदेखि मुर्छा पर्नेसम्म अचूक औषधि कपुरको फाइदै फाइदा

कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ । यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । १ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २-२ गोली तातो पानीसँग बिहान-बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।

१. पुरानो खोकीमा :
सूठो, पिप्ला र मरिच १-१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १-१ गोली दिनमा खिनमा ३-४ पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२. खोकी लागेमा :
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

३. आउँ, बाथ भएमा :
२ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

४. पुरानो बाथमा :
१ डाडु रायोको तेलमा १ चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

५. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा :
फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २-२ गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित 1 Minute 334 Views