

बलिउड अभिनेता शाहरुख खानले आज विहानै सामाजिक सन्जाल ट्विटरमा आफ्ना फलोअर्सलाई एउटा सरप्राइज दिए । उनले विहान नै आफूलाई प्रश्न सोध्न आफ्ना प्रशंसकलाई समय दिए ।
उनले प्रशंसकको जवाफ पनि दिए । एक प्रशंशकले उनलाई जीवनमा यति धेरै समस्या आउँदा उनले कसरी त्यसलाई व्यवस्थापन गर्छन् भनेर पनि सोधेका छन् ।
उनले यस्ता प्रश्नको जवाफमा भनेका छन्– सधैं के सम्झिनु पर्छ भने खराब दिनको अगाडि सधैं सुखका दिन हुन्छन् ।
आर्यनलाई यो मुद्दामा त क्लिन चिट मिलिसकेको छ । यस विषयमा आफूले धैर्य भएर अगाडि बढ्न सिकेको शाहरुख खानले बताएका छन् ।-farakdhar