२०७९ चैत्र १८ शनिबार

जंगलमा श*व भेटिएका किशोर–किशोरीको विद्युतीय ध*रापमा परेर मृ*त्यु

जंगलमा श*व भेटिएका किशोर–किशोरीको मृ*त्यु विद्युतीय ध*रापमा परेर
email sharing button

झण्डै तीन साताअघि दाङको तुलसीपुरमा रहेको दमार जंगलमा श*व भेटिएका किशोर–किशोरीको मृ*त्यु विद्युतीय ध*रापमा परेर भएको खुलासा भएको छ ।

गत असोज ३० गते स्थानीय शरद आचार्य र रोशनी महतराको दमार जंगलमा एकै ठाउँमा श*व फेला परेको थियो । १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका–१४ वर्षीय शरद आचार्यको मृ*त्यु विद्युतीय ध*रापमा परेर भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले घ*टनाबारे विभिन्न चरणमा पुगेर तीन साता अनुसन्धान गर्दा शरद–रोशनीको हत्या नभएर विद्युतीय ध*रापमा परेर मृ*त्यु भएको निष्कर्ष निकालेको हो । गाउँका बासिन्दाले बस्तीमा बँदेल आउन नदिन थापेको विद्युतीय ध*रापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृ*त्यु भएको थियो ।

स्थानीय चारजनाले घ*टना लुकाउन शरद र रोशनीको श*व जंगलमा लगेर गाडेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले घ*टनामा संलग्न चारजनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन घ*टनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७९ कार्तिक २०, आईतवार प्रकाशित 0 Minutes 82 Views