
चिकित्सकको ला*परबाहीले बिरामीको मृ*त्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध आन्दोलनमा उत्रिएका मृ*तकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ ।
काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृ*त्यु भएपछि मृ*तकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
मृ*तककी श्रीमती सुशिला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मु*र्दावाद’, ‘ह*त्यारा डाक्टर मु*र्दावाद’, लगायतका नारा लगाएका थिए ।
डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृ*तकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ ।
यता, अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । बिरामीको मृ*त्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताउँदै उनले माग सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए ।
मृ*तकका परिवारले डा. अमृ*त थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लाप*रबाही गरेर बिरामीको मृ*त्यु भएको बताए ।
संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मु*र्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मु*र्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरेका थिए ।-farakdhar