
काठमाडौं : भूक*म्पले घर भत्किँ*दा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृ*त्यु भएको छ।
गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार राति २ बजेर १२ मिनेटमा गएको भूक*म्पले वडा नं. ३ गैरागाउँमा घर भत्किँ*दा ६ जनाको मृ*त्यु भएको हो। पाँचजना घा*इते भएका छन्।
मृतकको पहिचान खुलिनसकेको अध्यक्ष उपाध्यायले बताए। ‘थुप्रै घर भत्किएको छ’ उनले भने, ‘पशुचौपायालगायतको क्षतिबारे विवरण आइसकेको छैन।’
पाँच घा*इतेलाई उपचचारका लागि जिल्ला अस्पताल लगिएको छ। घर भत्किएर फसेको हुनसक्ने आशंकामा उद्धारको काम अघि बढाएको अध्यक्ष उपाध्यायले बताए।
राष्ट्रिय भूक*म्प मापन केन्द्रका अनुसार डोटी केन्द्रविन्दु बनाएर २ः१२ बजे ६.६ रेक्टरस्केलको भूक*म्प गएको हो। यसअघि मंगलबार बेलुकी ९ बजेर ७ मिनेटमा ५.७ र राति ११ बजेर ५६ मिनेटमा ४.१ रेक्टरस्केलको भूक*म्प गएको केन्द्रले जनाएको छ।-THAHAKHAR