२०७९ माघ २५ बुधबार

हिमानी शाहको घाँटीको अप्रेसन, पूर्वराजा र पारसले भेटेर फर्किए

हिमानी शाहको घाँटीको अप्रेसन, पूर्वराजा र पारसले भेटेर फर्किए

पूर्वयुवराज्ञी हिमानी शाहको घाँटीको टन्सिलको अपरेसन गरिएको छ। उनको घाँटीमा लामो समयदेखि समस्या रहेको र टन्सिल बिग्रेको कारण अपरेसन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाहको घाँटीको टन्सिलको अपरेसन गरिएको छ। हिजो दिउँसो अस्पताल भर्ना भएपछि उनको आज अपरेसन गरिएको बताइएको छ।

उनको घाँटीमा लामो समयदेखि समस्या रहेको र टन्सिल बिग्रेको कारण अपरेसन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

उनी हिजो दिउँसो २ बजे ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन्। बेड नम्बर ६७६ मा उपचाररत हिमानीलाई बेड रेष्टको लागि त्यहीँ राखिएको अस्पतालले बताएको छ।

उनलाई भेट्न आज बिहान ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह गएका थिए। दिउँसो पति तथा पूर्वयुवराज पारस शाह अस्पताल गएका थिए।-NEPALVIEWS

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित 1 Minute 44 Views

ताजा समाचार