
१६ दिनको यात्रा गरेर नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर किन भएन चर्चित ?
अहिले सामाजिक सञ्जाल र संचारमाध्यममा निकै चर्चामा छ , अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको तस्बिर । नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि संचार माध्यम र सामाजिक संजालमा भाइरलन नै भए ।
तर, यो भन्दा अगाडि नै नेपालीहरूले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ । मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेको छ ।
मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक संजालमा पोस्ट गरेका छन् । अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन। र, उनीहरूले प्रयोग गर्ने इक्विपमेन्ट, पाउने एक्सपोजर र पैसाको पनि कुरा छोडदिउँ हाम्रोमा तुलना हुँदैन।
तर, नेपालका फोटो पत्रकारले के खिच्छन् रु भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो।’ उनले सामाजिक संजालमा संजालमा लेखेका छन्, ‘ यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन्। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’