
- हुम्लामा भेटियो अति दुर्लभ जङ्गली याक
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ ।
यस्तै याकको तस्वीर सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो । त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन । ८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन् ।
सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।अति दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत पुगेका शेर्पाले आफ्नो यात्रा सफल भएको बताए । ‘मेरो भाग्य भन्नुपर्छ, जङ्गली याकजस्तो अति दुर्लभ जनावरलाई फोटोमा कैद गर्न मैले धेरै कुर्नु परेन’, उनले भने ।
लद्दाख र तिब्बतका केही क्षेत्रमा न्यून संख्यामा पाइने जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संवेदनशील सूचीमा राखेको छ । विभिन्न अध्ययन प्रतिवेदनले नेपालबाट जंगली याक लोप भइसकेको देखाएका छन् ।यसअघि शेर्पाले ‘घोस्ट अफ हिमालय’ भनेर चिनिने अति दुर्लभ हिउँ चितुवाको तस्वीर खिचेका थिए ।
यो पनि – अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको फोटो धेरै चर्चित भयो । नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थु्रपै टिप्पणी सामाजिक संजालमा देखिए ।
संचारमाध्यमले पनि निक्कै प्राथमकिताको साथ फोटोहरू प्रस्तुत गरे ।नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि संचार माध्यम र सामाजिक संजालमा भाइरलन नै भएका थिए । यो भन्दा अगाडि नै नेपालीहरूले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ ।
मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेको छ । मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक संजालमा पोस्ट गरेका छन् ।
अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन। र, उनीहरूले प्रयोग गर्ने इक्विपमेन्ट, पाउने एक्सपोजर र पैसाको पनि कुरा छोडदिउँ हाम्रोमा तुलना हुँदैन। तर, नेपालका फोटो पत्रकारले के खिच्छन् ? भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो।’
उनले सामाजिक संजालमा संजालमा लेखेका छन्, ‘ यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन्। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’
नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ ।त्यस्तै रोशन तिवारी नामका फेसबुक प्रयोगकर्ता रोशन तिवारीले घलेले फोटो खिच्न पत्रकार नै हुनुपर्दैन भन्दै विदशीलाई महान र नेपाललाई हेयको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।
‘अमेरिकीले हिम चितुवाको फोटो नेपाल आएर खिच्यो । यता नेपाली, नेपाली पत्रकार चाहिं कुन्नि केमा ब्यस्त भन्दै हरेक चिजलाई नेपालीसित जोडेर होच्याउने फेसबुके दिमाख सट्केका हो, ल हेर, नेपालीपनि कम छैनन् । हिम चितुवाकै फोटो हो यो ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘टासी आर घलेले खिचेको ।
दिमाख अलिकति बाहिरी संसार, किताब, रिपोर्ट पढ्न लगाउन नसकेपनि, अलि आँखाको स्टेरिङसम्म घुमाउ फेसबूकमै भएपनि । देखिन्छ १ फोटो खिच्न पत्रकारनै हुनुपर्दैन । जसले खिचेर देखाएपनि हुन्छ १ समस्या के हो भने नी, तिम्रा दिमाखले अमेरिकी, बेलायती, जापानी र अन्य बिदेशीको काम महान ठान्छ । नेपालीको हेयले हेर्छ !’पत्रकार प्रशान्त लामिछानेले पनि नेपालीले खिचेका तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् ।