२०७९ चैत्र ७ मंगलवार

परिवारको सुनौलो सपना बोकेर माल्टा पुगेकी ढुंगेलको मृ.त्युपछी श.व नेपाल ल्याइयो

 

परिवारको सुनौलो सपना बोकेर माल्टा पुगेकी ढुंगेलको मृ.त्युपछी श.व नेपाल ल्याइयो

 

माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृ.त्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको श.व आज नेपाल ल्याइएको छ ।

 

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको श.व नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको श.व नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।

 

माल्टा पुगे पनि काम नथाल्दै मृ.त्यु भएकाले ढुंगेलको श.व नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर श.व पठाइएको हो ।

 

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् श.व फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घ.टनाबीच पनि सकारात्मक भएको बताए ।

 

४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो ।

 

यसैबीच माल्टामै मृ.त्यु भएका आकास बुलिमको श.व पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

२०७९ कार्तिक २६, शनिबार प्रकाशित 1 Minute 140 Views

ताजा समाचार