२०८० जेष्ठ २३ मंगलवार

हृदयरोगी कोलेस्ट्रोल र बुढ्यौली भगाऊँनका लागि यस्ता छन् पाकेको फर्सी खानुका फाइदा

 

हृदयरोगी कोलेस्ट्रोल र बुढ्यौली भगाऊँनका लागि यस्ता छन् पाकेको फर्सी खानुका फाइदा

एजेन्सी । फर्सी तरकारीको एक प्रकार जुन लहरामा फल्छ। प्राय: सबै ठाउँमा उत्पादन हुन्छ। फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।फर्सीमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् ।कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जास्ता रोगलाई कम गर्न सहयोग पुर्याउछकब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

 

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ । फर्सीको बियााले शरीरमा भएको पत्थरी निकाल्छ ।

 

फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

 

यो पनि पढ्नुहोस् : नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वास्थ्यका लागि कम्ता पो’षिलो छैन ।

 

तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ, म:म बनाएर खाए हुन्छ । आफुसँग पाककला भए, अनेकथरी परिकार बनाउन सकिन्छ ।स्कुस निकै गुणी तरकारी हो । मानव स्वा’स्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा हो । स्कुस लौका प्रजातिको एक प्रकारको तरकारी हो ।

 

यसको उब्जनीको व्याख्या गर्ने हो भने यो विशेषत: मेक्सिको र ल्याटिन अमेरिकी देशहरूबाट उत्पत्ति भएको तरकारी हो । यसको उत्पादन अहिले त विश्वभरि नै फैलिएको छ । एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्वहरूसहितको यो तरकारी स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो भन्दा पनि फरक नपर्ला ।

 

स्कुसका तल उल्लेखित फाइदाहरू छन् । १. पोषक तत्वको धनी स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ । क्यालोरी – ३९ कार्बाेहाइड्रेड – ९ ग्राम प्रोटिन – २ ग्राम भिटामिन सी –२६ प्रतिशत कपर – १२ प्रतिशत पोटासियम – ७ प्रतिशत म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ ।

 

यस्तो खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।२. एन्टिअक्सिडन्टको उपलब्धता स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

 

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

 

३. मुटुको स्वास्थ्यका लागि स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।

२०७९ कार्तिक २७, आईतवार प्रकाशित 1 Minute 86 Views