२०७९ चैत्र ७ मंगलवार

मुखबाट सेतो चिल्लो विकार निस्किन्छ भने सावधान : यी घातक रोगहरुको लक्षण हो

काठमाडौं । हाम्रो शरीरमा यस्ता धेरै चीजहरू छन्, जुन हामीलाई बिकार लाग्छ । तर यी चीजहरू धेरै उपयोगी छन्।

यसमा म्यूकस अर्थात खकार अझै बुझ्नेगरी भन्ने हो भने मुखबाट निस्किने सेतो चिल्लो विकार पनि एक हो । यो मानव शरीरका लागि जरुरी छ । यसैले मुखभित्र उत्पादन हुन्छ । तर यही चिज धेरै आउँदैछ भने गम्भीर संक्रमणको संकेत हुनसक्छ । धेरै मानिसले श्लेष्म (खकार) लाई रोगको कारण मान्दछन् । तर शरीरमा म्युकसको मात्रा सीमित हुनु धेरै महत्त्वपूर्ण छ।

म्युकसको अत्यधिक मात्रा धेरै समस्याहरूको कारण हुन सक्छ। म्यूकसले हाम्रो वायुमार्गको नाजुक र संवेदनशील तन्तुहरूलाई कीटाणुहरूबाट बचाएर सुरक्षात्मक आवरण प्रदान गर्दछ। हाम्रो नाक र साइनसले हरेक दिन औसतमा एक लिटर बलगम (सेतो चिप्लो पदार्थ) उत्पादन गर्छ।

घाँटी र फोक्सोको वायुमार्गले पनि बलगम उत्पादन गर्दछ। यदि तपाईलाई खोकी लागेको छ भने, यसले संक्रमण वा अरू केही संकेत गर्न सक्छ। त्यो बेला अधिक रुपमा खकार निस्किन्छ । धेरै मात्रामा निस्किनुको कारण यस्तो हुनसक्छ ।

दम
सेतो बलगमको समस्या दमको कारणले हुन्छ । अस्थमाले हाम्रो श्वासनलीमा सूजन र साँघुरो बनाउँछ। यसका कारण म्यूकसको उत्पादन धेरै बढ्न थाल्छ, जसले सास फेर्न गाह्रो हुन्छ। दमका अन्य लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घरघराहट हुने आदि पर्दछन्।

ब्रोन्काइटिस
ब्रोन्काइटिसमा पनि सेतो बलगम हुन सक्छ। ब्रोन्काइटिस भएका बिरामीहरूमा, फोक्सोको मुख्य हावा मार्गहरू सुन्निन्छ । यसका कारण बलगम उत्पादन बढ्न थाल्छ। ब्रोन्काइटिसमा सेतो बलगमसँगै अत्याधिक खोकी, ज्वरो, नाकबाट बग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता लक्षण देखिन्छन् ।

सीओपीडी भएका बिरामीहरूमा पनि सेतो चिप्लो धेरै आउन सक्छ। जसका कारण बिरामीलाई सास फेर्न समेत समस्या हुने गरेको छ । यस बाहेक सीओपीडीका बिरामीले बढी श्लेष्म उत्पादन हुने, सास फेर्न गाह्रो हुने, बारम्बार घरघर वा खोकी लाग्ने, गहिरो सास फेर्न गाह्रो हुने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ।

सेतो बलगमको समस्याका अन्य धेरै कारणहरू हुन सक्छन्। यदि तपाईलाई पनि सेतो बलगम (खकार) को समस्या धेरै छ भने यस्तो अवस्थामा तुरुन्तै विशेषज्ञसँग परामर्श लिनुहोस्।-janaboli

२०७९ कार्तिक २७, आईतवार प्रकाशित 1 Minute 91 Views

ताजा समाचार