केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ। यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ।
केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् । यी अनुसन्धानबाट देख्नमा आकर्षक मात्रै नभएर स्वास्थ्यको लागि समेत केराको बुङ्गा लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ । केराको बुङ्गालाई केराको बोटको मुटुको मान्ने गरिन्छ । यसलाई हामी उपयोगी खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्न सक्छौं ।
एक अध्ययनका अनुसार १०० ग्राम केराको फूलमा पाईने पोषक तत्व र खनिज पदार्थ यस प्रकारको छ ।
क्यालोरी – ५१ ग्राम
प्रोटिन – १.६ ग्राम
चिल्लो – ०.६ ग्राम
कार्बाेहाईड्रेड – ९.९ ग्राम
क्याल्सियम – ५६ मिलिग्राम
फस्फोरस – ७३.३ मिलिग्राम
आइरन – ५६.३ ग्राम
कपर – १३ मिलिग्राम
पोछासियम – ५५३.३ मिलिग्राम
म्याग्नेसियम – ४८.७ मिलिग्राम
भिटामिन ई – १.०७ मिलिग्राम
केराको फुल अर्थात् बुङ्गाको फाइदा के के छन् हेरौ :
-एनिमिया अर्थात् रगतको कमि भएको समयमा केराको फुलको प्रयोग गरिन्छ। यसको सेवनले शरीरमा आइरनको कमि हुदैन र रगतको कमि पनि पूर्ति गर्छ।
-क्यान्सरबाट बच्नका लागि पनि केराको फुलको प्रयोग गरिन्छ। यसमा भएको एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउछ।
-केराको फूलमा म्याग्नेसियम, एन्टीअक्सिडेन्ट,एंटी डिप्रेसेंट तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्न मदत पुर्याउछ।
-पेट दुखाई, अपच, कब्जियत जस्ता समस्याका लागि पनि केराको बुङ्गा लाभदायक छ।
-मधुमेहको समस्या भएकाका लागि पनि केराको फुल फाइदाजनक छ।
– बच्चालाई जन्म दिएपछि अधिकांश महिलाहरुमा दूध उत्पादन कम हुने गर्दछ । जसबाट बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन । जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन् । जुन महिलामा दूध उत्पादनको क्षमता कम हुन्छ । उनीहरु आफ्नो आहारमा केराको बुङ्गा सामेल गर्न चाहन्छन् । केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ । जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ । गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ । त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन् ।-KIRSHISUCHANA