२०८० जेष्ठ २३ मंगलवार

अनलाइनमा अर्डर आएको खाना डेलीभरी गर्न ३० हजार किलोमिटर टाढा पुगिन् यी युवती

अनलाइनमा अर्डर आएको खाना डेलीभरी गर्न ३० हजार किलोमिटर टाढा पुगिन् यी युवती

वास्तवमा, चेन्नईकी मनसा गोपालले अन्टार्कटिकामा खाना पुर्‍याउने आफ्नो यात्राको भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन्। जसमा उनले आफूले ४ वटा महाद्वीप पार गरेर खाना वितरणका लागि सिंगापुरबाट अन्टार्कटिका पुगेको बताइन् । यसलाई विश्वको सबैभन्दा लामो दूरीको खाना डेलिभरीको रूपमा वर्णन गरिएको छ

भिडियोमा उनले खानाको प्याकेट लिएर ३० हजार किलोमिटर यात्रा गरेको देखाइएको छ । उनको यात्रा सिंगापुरबाट सुरु भएको थियो । त्यसपछि उनी ह्याम्बर्ग (जर्मनी) पुगिन् । त्यसपछि ब्यूनस (अर्जेन्टिना) हुँदै मनसा अन्टार्कटिका पुगिन् र ग्राहकलाई खाना दिइन् ।

यस भिडियोमा मनसालाई धेरै हिउँ र हिलो सडक पार गरेको देखाइएको छ । भिडियोको क्याप्सनमा उनले लेखेकी छन्- मैले सिंगापुरबाट अन्टार्कटिकासम्म विशेष खाना डेलिभरी गरें। मानिसहरूसँग यो अद्भुत यात्रा साझा गर्न धेरै उत्साहित छु।

अर्को पोष्टमा, मनसाले सन् २०२१ देखि आफ्नो अन्टार्कटिक अभियानका लागि पैसा जुटाउने प्रयास गरिरहेकी थिइन्। गत महिना फूड पान्डाले उनको यात्रा प्रायोजित गरेको थियो ।

मनसा गोपालको भिडियोमा धेरै प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । एकजनाले सोधे- के खानेकुरा दिनुभयो ? अर्काले लेखेका छन्– अविश्वसनीय । अर्को प्रयोगकर्ताले भने- अचम्मको, यति लामो डेलिभरी।-DCNEPAL

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 135 Views