२०७९ चैत्र १८ शनिबार

भोलि निर्वाचन : चार मतपत्र हाल्न चार मतपेटिका, काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र

भोलि निर्वाचन : चार मतपत्र हाल्न चार मतपेटिका, काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। भोलि हुने मतदानका लागि देशभरका मतदान केन्द्रमा निर्वाचन सामाग्री पुर्‍याउने काम सम्पन्न भइसकेको छ।

काठमाडौंमा पनि मतदानका लागि बुथ निर्माण कार्य भइरहेको छ। कतिपय मतदान केन्द्रमा बुथ निर्माण कार्य सकिएको छ भने कतिपय मतदान केन्द्रमा आज साँझसम्म मतदानस्थल निर्माण सकिने जनाइएको छ।

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

काठमाडौंको पद्मकन्या र बालमिकी क्याम्पसमा निर्माण हुँदै गरेको मतदान केन्द्रको दृश्य :PAHILOPOST

 

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 60 Views