
प्रचण्डकी बुहारी बिना मगर भारी मतले पराजित
काठमाडौ। नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् ।बिना मगर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।
एमालेका तामाङले २२ हजार ५३५ मतसहित निर्वाचित हुँदा मगरले १७ हजार ५७ मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।यो क्षेत्रमा उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ६ हजार ४१७ मत पाए ।]
सत्ता गठबन्धनको संरचना भत्किएको लिङदेनको दावी, नयाँ समीकरणमा जोड
यो पनि…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनको परिणामले वर्तमान सत्ता गठबन्धनको संरचना भत्किएको बताएका छन् ।
झापा ३ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले परिवर्तित सन्दर्भमा दलहरु बीच नयाँ समीकरण बन्ने बताएका हुन् ।एमाले र राप्रपाबीचको सहकार्यले अपेक्षाकृत परिणाम नदिए पनि जनादेश अनुसार नयाँ समीकरण बनाएर जानुपर्ने अध्यक्ष लिङदेनले बताए ।
दुई पटक अलग विचारधारा र प्रवृत्तिसँग आफूले निर्वाचन लडेको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै अध्यक्ष लिङदेनले आफ्ना लागि त्यो भन्दा खुशीको अर्काे विषय नभएको बताए ।
‘भगवानरुपी मतदाताको अपेक्षामा कहिल्यै घात गर्ने छुइँन’ आफू निर्वाचित भएको प्रमाणपत्र बुझ्दै अध्यक्ष लिङ्देनले भने । उनलाई प्रमुख निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरे ।
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दे राप्रपा अध्यक्ष लिङ्देन दोस्रो पटक झापा ३ बाट निर्वाचित हुनु भएको हो । अध्यक्ष लिङ्देनले नेता सिटौलालाई तीनहजार दुईसय ७६ मतले पराजित गर्नु भएको छ ।
लिङ्देनले ४० हजार ६ सय ४८ मत पाइरहँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएको छ । २०७४ को निर्वाचनमा पनि अध्यक्ष लिङ्देनले नेता सिटौलालाई पराजित गर्नु भएको थियो ।