२०८० जेष्ठ २७ शनिबार

म सबै कुरा सधैं सहन सक्छु भन्ने छैन’: गायिका समिक्षा अधिकारी

 

 

‘म सबै कुरा सधैं सहन सक्छु भन्ने छैन’: गायिका समिक्षा अधिकारी

काठमाडौं– गायिका समिक्षा अधिकारीले आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताएकी छिन् ।

 

फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका आरोपहरुको खण्डन गर्दै गायिका अधिकारीले आफूले कसैको पनि पैसा नलिएको स्पष्ट पारेकी छिन् । यो भनाइमार्फत उनले आफूलाई १० लाख रुपैयाँ लिएको आरोपको खण्डन गरेकी हुन् ।

 

‘मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने, गायिका अधिकारीले भनेकी छिन्– ‘अरुलाई भन्न सजिलो छ । तर तपाईँहरुको घरमा पनि दिदी, बहिनीहरु हुनुहुन्छ होला । पछि आफ्नो दिदी बहिनीलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ भन्ने कुरा ।’

 

‘मैले कसैको १० लाख लिएको पनि छैन । अहिले मलाई जुन आरोप लगाएको हुनुहुन्छ १० लाख लियो भनेर, त्यो झूट हो, गायिका अधिकारीको भनाइ छ – ‘म पनि मान्छे हुँ, कति कुरा त सहन सकुँला, तर सधैँ सहन सक्छु भन्ने छैन नि ।’

 

२०७९ मंसिर १०, शनिबार प्रकाशित 1 Minute 86 Views