
थापाथली घटनापछि बालेनको आक्रोश : केन्द्र सरकार के हेरेर बसेको छ ?
थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा सुकुम्बासी र प्रहरीबीच आज दिनभर झडप भयो । झडपमा सुकुम्बासी र नगरप्रहरीसहितका सुरक्षाकर्मी घाइते भए ।
सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाको डोजर पुगेपछि स्थानीयले अवरोध गरे । राज्यले दमन गरेको भन्दै प्रतिवाद गरे । आगजनी र ढुङ्गामुढा गरे ।
थापाथली घटनापछि काठमाडौँका मेयर बालेन साहले केन्द्र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन् ।
थापाथली घटनाका विरोध गर्दै सुकुम्बासीले बालेन साहको ज्यान खतरामा हुने भन्दै धम्की दिएका थिए । सुकुम्बासीले धम्की दिएको भिडियो सेयर गर्दै बालेनले लेखेका छन् ‘ देशमा गृह मन्त्रालय , प्रहरी प्रसाशन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’