
यी नै हुन् पाण्डे जसको डोजर लगेर घर भत्काउन गएको बेला टाउको फुटयो
सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाउन पूग्दा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको टाउँकोमा चोट लागेपछि घाइते भएका छन् ।
डोजर र आबश्यक साधनसहित बस्ती छिरेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरुले आक्मण गर्दा प्रहरी प्रमुखको टाउँकोमा चोट लागेको हो । ।
सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गर्ने सिलसिला सुरु भएको थियो । पाण्डे आउने खबर पहिला नै थाहाँ पाएर ढुगांमुा हान्न तयारी अबस्थामा हुनसक्ने प्रहरीको अनुमान छ ।
पाण्डेको टाउकोमा चोट लागेको जानकारी आएको छ । उनको माइतीघरस्थितच नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाडौ महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले उनका लागी लाग्ने उपचारखर्च ब्यहोर्ने जानकारी प्राप्त भएको छ ।