२०७८ मंसिर १२ आईतवार

काठमाडौंमा अत्यतै दुखदायी घट्ना, ३ पुरुषको मृत्यु

काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् ।

पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् ।

उनको टा’उँको र घा’टीमा धा’ ‘रि’लो ह’ति’या’रको चो’ट रहेको जनाइएको छ । तीनैवटा घटना शं’का’स्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

२०७८ आश्विन १६, शनिबार प्रकाशित 0 Minutes 73 Views

ताजा समाचार