२०८० जेष्ठ २७ शनिबार

कहिले छुट्ने टुंगो छैन , जेलभित्र यसरी बितिरहेको छ पलको दैनिकी-

 

कहिले छुट्ने टुंगो छैन , जेलभित्र यसरी बितिरहेको छ पलको दैनिकी-

ना’ बालिकामाथि ब’ ला त्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ’ न दुरुपयोगको मुद्दामा दो’षी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ ।

 

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

 

तनहुँ कारागारमा रहेका पललाई भेट्न अहिले दैनिकजसो उनका आफन्त, साथीभाइ र फिल्मकर्मी पुग्ने गरेका छन् । आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगेका थिए ।जहाँ आफूहरुले फिल्म र सामान्य कुराकानी गरेको निर्माता नेपालीले जानकारी दिए ।

 

पलले अहिले कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको पनि उनले बताए ।यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए । ‘दुई नम्बरीको सिक्वेलमा पलजीलाई लिन्छु भनेर मैले भनेको छु,’ उनले भने ।

 

सुरुमा ‘हात्तीछाप’ नामक फिल्म बनाउने र त्यसपछि अन्य प्रोजेक्टमा अघि बढ्ने उनले बताए । पलले कारागारभित्रै जिम लगायतका शारीरिक व्यायामका अभ्यास पनि गरिरहेको उनले जनाए ।किरणको फिल्म ‘२ नम्बरी’मा यसअघि पल अनुबन्धित भइसकेका थिए । तर मुद्दा चलेपछि उनको ठाउँमा सौगात मल्ल भित्रिएका थिए ।\

 

यो पनि – फिल्म ‘यात्रा’मा काम गरेपछि नायक सलिनमान बनियाँले नयाँ फिल्ममा काम गर्ने मन नै बनाएनन् । उनलाई केही मेकरले फिल्मको अफर नगरेका होइनन् ।तर, सलिमानले फिल्ममा काम गर्ने इच्छा खासै नदेखाएको बताइन्छ । उसो त सलिनमानले आफ्नी प्रेमिकासँग बिहे गर्न लागेको खबर समेत सार्वजनिक भएको थियो ।

 

तर, सोमबार नायक सलोन बस्नेतको बिहे समारोहमा भेटिएका सलिनमानले तत्काल बिहे नगर्ने बताएका छन् । उनले, करिब २ बर्ष बिहे हुँदैन होला भने ।फिल्म क्षेत्रबाट टाढा जस्तो देखिएका सलिमानलाई फिल्म क्षेत्रले उनलाई नखोजेको जस्तो महशुश हुन्छ ।

 

नेपाली फिल्ममा नायकको अभाव भैरहेको समयमा पहिलो फिल्मबाट नै स्टारडम बनाएका सलिनमान जस्ता नायक भने हराएका छन् ।सलिमान भने फिल्म क्षेत्रले आफूलाई नखोजेको गुनासो गर्दै थिए । सलिनमानले गरेको यो गुनासोमा त्यती ठूलो सत्यता नरहेको देख्न सकिन्छ ।

 

किनकी, फिल्म क्षेत्रका नाम चलेका मेकरले समेत सलिनलाई फिल्मका लागि अफर गरेका छन् ।सलिनमानले फिल्म खेल्न मन बनाउने हो भने उनका लागि करोड खर्च गर्न धेरै निर्माता तयार छन् । तर, सलिमान आफै फिल्म क्षेत्रबाट हराएका छन् ।

२०७९ मंसिर १३, मंगलवार प्रकाशित 1 Minute 92 Views