२०७८ मंसिर १२ आईतवार

आइतबार कति बजे हुँदै छ साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट ? हेर्नुहोस

अषोज १६, २०७८ शनिबार साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ ।

आज शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

२०७८ आश्विन १६, शनिबार प्रकाशित 0 Minutes 68 Views

ताजा समाचार