२०७९ चैत्र ७ मंगलवार

महानगरले निकाल्यो नयाँ सुचना – ३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न पर्ने

 

महानगरले निकाल्यो नयाँ सुचना – ३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।

 

प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाण्डौ उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

 

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

 

सोमबार काठमाण्डौको थापाथली सुकुम्वासी बस्तीमा काठमाण्डौ महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

 

यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।

 

पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

 

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

 

यसअघि प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा भेटिएको विवादपछि निर्वाचन आयोगले कसैलाई पनि निर्वाचित भएको घोषणा गरेको थिएन ।

 

एमालेका नेम्वाङ ४७ मतले निर्वाचित भएको भन्दै नेता कार्यकर्ताहरूले विजय जुलुस निकालेका थिए । तर, प्रत्यक्षतर्फको नगनेको मत भेटिएपछि भने सर्वदलीय बैठक बसेर ती मत पनि गणना गर्ने सहमति भएको थियो ।

 

समानुपातिकतर्फको मतगणना सकेपछि मंगलबार साँझ एमालेका नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत कार्यालयले विजयी भएको प्रमाणपत्र दिएको छ । चार दिनअघिको गणनामा नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्बेभन्दा ४७ मतान्तरले अघि थिए ।

 

तर, समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । विजयी नेम्वाङले ३२ हजार १ सय ३५ मत पाएका छन् । पराजित भीष्मराजले ३२ हजार ८९ मत पाए ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार