
रवि लामिछाने जेल जान्छन् झुटा विवरण पेस गरी चुनाव लडेकाले : खिमलाल देवकोटा
कास्की मिडिया:नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जेल जान सक्ने बताएका छन् ।
बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले लामिछानेसँग विदेशी नागरिकता कायमै रहेको अवस्थामा झुटा विवरण पेस गरी चुनाव लडेकाले जेल जाने ठाेकुवा गरे। कानुन व्यवसायीसमेत रहेका देवकोटाले नेपाली नागरिक नभएको व्यक्ति सांसद बन्न नसक्ने कानुनी व्यवस्था रहेकाे बताए ।
राज्यले यसबारे छानबिन गरी तत्काल रविविरुद्ध मुद्दा दायर गर्नुपर्ने उनले बताए । आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रले पाएको जनमतको बारेमा छिट्टै पार्टीले समीक्षा गर्ने उनले बताए ।
यो पनि पढ्नुहोश:कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धनबाट कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।
उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए । कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका छन् ।
कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो छ । उनले कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शेखर काेइराला, शशांक काेइराला, प्रकाशमान सिंहसहितका नेता दलको नेता बन्ने दौडमा छन् ।फरक धार बाट