२०८० जेष्ठ २३ मंगलवार

सुकुमबासीको नाममा भएका हुकुमबासी छोडिदैन, ३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न बालेनको कडा सूचना

सुकुमबासीको नाममा भएका हुकुमबासी छोडिदैन, ३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न बालेनको कडा सूचना

काठमाण्डौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाण्डौ उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

 

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

 

सोमबार काठमाण्डौको थापाथली सुकुम्वासी बस्तीमा काठमाण्डौ महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

 

यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।

 

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

नावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् ।

 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका माओवादी महासचिव देव गुरुङले फेरि बाम एकता गर्नुपर्ने बताएका हुन् ।पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै उनले बाम एकता गर्नुपर्ने बताएका छन्। लमजुङबाट प्रतिनिधिसभामा पृथ्वीसुब्बा गुरुङसँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।

 

पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे । भेटमा दुवै नेताबीच वामपन्थी एकताको विषयमा कुराकानी भएको छ ।

 

देव गुरुङले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए ।यसअघि गरिएको एमाले-माओवादी एकताटिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन्

२०७९ मंसिर १८, आईतवार प्रकाशित 1 Minute 76 Views