
पोखरामा व्यापार मेलामा पिङबाट खस्दा चार जना घा.इते
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापारिक मेलामा रहेको रोटेपिङबाट खसेर चार जना घा.इते भएका छन् ।
आइतबार साँझ भएको घटनामा रोटेपिङको एकै डब्बामा रहेका चार जना घा.इते भएका हुन् । पिङ घुम्ने क्रममा डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा उनीहरु खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते हुनेमा एक ६ वर्षीया बालिकासहित अन्य तीन जना रहेका छन् ।
घा.इतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते भएकी युवतीको हड्डी भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । अन्य दुई महिला र बच्चाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
घा.इतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।