२०७९ चैत्र ७ मंगलवार

मेयर शाहलाई ज्ञापनपत्र : सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्यो

 

मेयर शाहलाई ज्ञापनपत्र : सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्यो

काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा रहेका वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

 

थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन समेत स्थानीयले माग गरेका छन् । स्थानीयले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

 

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक(सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमबासीका कारण खोला प्रदुषित भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् ।

 

अस्तव्यस्त बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महसुस गरेको उल्लेख गरेका छन् ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 1 Minute 128 Views

ताजा समाचार