
कार्यालय र शौचालय सफा नराखे बालेनले दण्ड तिराउने सूचना
काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई आफ्नो कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ।
आज उसले एक सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
अटेर गरेमा कारबाही समेत गरिने भनिएको छ ।
महानगरपालिकाको सुचनामा लेखिएको छ-
“सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,विभिन्न प्रतिष्ठान,स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैला आदिले तत् तत् स्थान मात्र नभई सिङ्गो शहरको सुन्दरतामा नै ह्रास आएको देखिन्छ । फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो ।