
असोज १७
गण्डकी युवा क्ल्ब द्दारा बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा असोज २५ गतेदेखि २६ गतेसम्म विविध कार्यक्रम आयोजना गर्न लागेको हो ।
क्लब का अध्यक्ष अ्मृत श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७८÷०७९ योजना तथा कार्यक्रम अन्तर्गत साविक बोर्लाङ्ग गाविस भित्रका अन्तर वडा स्तरीय फुटसल ,दौड ,डोरी तानी ,हाडी फुटाई ,म्युजिकल चियर र विविध सांस्कृतिक प्रतियोगिता गर्न लागिएको हो ।बिजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकाममना आदानप्रदान कार्यक्रम समेत रहेको बताउनुभयो !
विगत मा पनि युवाहरु लाई प्रोत्साहन र उर्जा थप्नु हुने वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार कार्यालयले चालु आर्थिक बर्षमा खेलकुदका लागि विनियोजन गरेको १ लाख ५० हजार रुपियाँ बजेटबाट प्रतियोगिता गर्न लागिएको हो ।
क्लब का सचिव गौरव श्रेष्ठका अनुसार २१ गते सरसफाइ देखि अन्य खेल २५ र फुटसल प्रतियोगिताको उद्घाटन असोज २६ गते विहान देखि सरस्वती माविको खेलमैदानमा हुने छ । फुट्सल प्रतियोगितामा सहभागी हुन अनिवार्य जर्सी हुनु पर्ने छ ।
प्रतियोगिता असोज 26 गते समापन गरी शुभकामना आदानप्रदान गरिने छ ! पुरस्कार राशी तोकिएको छैन!