
गोरखामा गुडिरहेको स्कर्पियो गाडीमा अचानक आगलागी हुँदा यस्तोसम्म भयो !
गोरखा- गोरखाको बेनिघाट-आरुघाट सडकखण्ड अन्तर्गत गण्डकी गाउँपालिका-७ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कर्पियो गाडीमा अचानक आगलागी भएको छ। विहिवार दिउसो गुडिरहेको स्कर्पियो अचानक आगो लागेको हो ।
काठमाडौँबाट गोरखाको फुजेल जादै गरेको उक्त स्कर्पियोमा गुड्दागुड्दै आगलागी भएको चालक लक्ष्मण लामिछानेले जानकारी दिए।
गाडीको इन्जिनमा समस्या आएर विद्युत् सट भएर आगलागी भएको हुनसक्ने चालक लामिछानेले बताए। आगलागीबाट मानविय क्षति भने भएको छैन ।
गाडीमा ६ जना यात्रु सवार थिए । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
सम्बनधित समाचार
गोरखाले प्रधानमन्त्री पाउने संभावना बढ्यो, स्वतन्त्र सांसदहरु प्रचण्डप्रती सकारात्मकगोरखा नाम्जुङका मृगौला पिडित ढकाललाई दार्चे सेवा समाजले गर्यो आर्थिक सहयोगअन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप नेपालमा पहिलोपटक हुँदैफिफा बिश्वकप २०२२ : आज हुने क्वाटरफाइनलका खेलहरुगोरखामा एक महिला मृत अवस्थामा फेलाफिस्लिङमा मोटरसाइकल र जीप ठोक्किँदा बिदेशी नागरिकको मृत्यु
Gorkhasandesh