२०८० जेष्ठ २३ मंगलवार

होसियार पानी चलाउदा अथवा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्छन् भने एकचोटी ढिला नहुँदै पढ्नुहोस

 

होसियार पानी चलाउदा अथवा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्छन् भने एकचोटी ढिला नहुँदै पढ्नुहोस

नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ।आखिर यसको कारण के हो ?केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस मात्र होइन।

 

वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ।

 

अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरुलाई ठिक ढंगले समाउन सकौं। सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थियो।

 

हप्ता दिनमै दादको समस्याबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय: दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

 

सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ। यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्।जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ। तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ।

 

लसुनः लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक ओखति हो। लसुन दाद आएको छालामा दैनिक २ पटक लगाउनाले।

 

काँचो बेसारः काँचो बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

 

भिनेगर र नुनः भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।सयपत्रीको फुलः सयपत्रीको फुल दिनहु दाद आएको ठाँउमा तिन पटक दल्नाले केवल सात दिनमा नै दाद गायब हुन्छ।

२०७९ मंसिर २४, शनिबार प्रकाशित 1 Minute 150 Views