२०८० जेष्ठ २७ शनिबार

काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारि हुदैछ ?

 

काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारि हुदैछ ?

काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारि हुदैछ ?

सग्लो नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको गोरखा राज्यको राजधानी गोरखा थियो । नेपाल एकिकरण पश्चात गोरखाबाट मूलुकको राजधानी काठमाडौँ कायम भयो । भौतिक संरचना निर्माणका लागि विश्वका विभिन्न देशहरुले वीकेन्द्रीकरणको सिद्धान्त र अभ्यास अनुसार निश्चित समयपछि मूलुकको राजधानी सार्दै आएका छन् ।

 

तर, नेपालमा भने काठमाडौँ यथावत छ । हुन त, एउटा प्रदेशको राजधानी टुंगो लगाउन त लामो रस्साकस्सी गर्नुपर्ने नेपालमा केन्द्रीय राजधानी नै सार्ने काम कसले गर्न सक्ला र ? यद्यपी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ ६ गते मंगलबार ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरे ।

 

उनको यो प्रस्तावको उच्च राजनीतिक तहमा खासै बहस नभएपनि सम्पदा संरक्षण अभियान्ता र बाहिर बसेर प्राकृतिक सम्पदाको अध्ययन गरिरहेकाहरुले यो प्रस्ताव बेठिक नभएको बताए ।मूलुक संघियतामा प्रवेश गर्नु अगाडी बिद्रोहको क्रममा तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा उठाएको थियो ।

 

माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक भूमी चितवनलाई उनले राजधानीको रुपमा अघि सारेका थिए । तर, प्रचण्ड जब संसदीय राजनीतिमा प्रवेश गरे, त्यसपछि यो मुद्दा उनको प्रमुख बन्दै बनेन ।संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेका छन् ।

 

हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।

 

प्रदेश राजधानीमा खासै कुनै काम पनि नहुने भएकाले प्रदेशको राजधानीप्रति मानिसहरुको मोह खासै छैन । तर, प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने नेताहरुको भनाई छ ।

 

देशको राजधानी काठमाडौँ (काठमाडौँ उपत्यका) हुँदा काठमाडौँ सहित भक्तपूर र ललितपूर विकसित शहर बने । तर, अरु जिल्लाको अवस्था भने अहिले पनि एकिकरण ताकाकै जस्तो भएकाले काठमाडौँबाट राजधानी सार्नु नै उत्तम विकल्प हुने अभियान्ताहरुको भनाई छ ।

२०७९ मंसिर २४, शनिबार प्रकाशित 1 Minute 2012 Views