२०७९ चैत्र ७ मंगलवार

धनकी देवी लक्ष्मी माताकाे दर्शन गर्दै हेर्नुहाेस आज २०७९ मङ्सिर २७ गतेको राशिफल

सामान्य रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ । मानसम्मान तथा प्रतिष्ठामा कमी आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

धनु राशिका लागि आज समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। व्यवसायमा गरिएको लगानीले पनि उचित प्रतिफल नदिन सक्छ। पारिवारिक जीवनमा अविश्वासको वातावरण सिर्जना हुन सक्छ।

 

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ। शेयर बजार तथा अन्य लगानीको लागि पनि आज राम्रो समय रहेको छ। छोटो यात्रा हुन सक्ने योग पनि देखिन्छ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

कुम्भ राशिका लागि आज दिन तथा समय राम्रो रहेको छ। धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

२०७९ मंसिर २७, मंगलवार प्रकाशित 1 Minute 113 Views

ताजा समाचार