२०७९ माघ १६ सोमबार

श्रीमतीलाई नै साँचि राखेर भर्खरै बालेनले लेखे अर्को स्टाटस, मिनेटमै भयो भाइरल !

श्रीमतीलाई नै साँचि राखेर भर्खरै बालेनले लेखे अर्को स्टाटस, मिनेटमै भयो भाइरल !

काठमाडौं । या:मरी पुन्हीको भोलिपल्ट यानिकी आजको दिन मतिना पारुको चर्चा गर्दै बालेनले पत्नी सबिना काफ्लेसंगको तस्विर पोस्ट गरेका छन् । उनले लेखेका छन् :

 

आज नेवा:हरुको प्रेम दिवस: मतिना पारु।

 

नेवा: समुदायमा य:मरी पून्ही को आफ्नै विशेषता र महत्व छ। यो पर्वको अर्को विशेषता भनेको युवायुवती हरु बिच प्रेम प्रस्फुटन हुनु पनि हो। मध्ययुग मा युवायुवती बिच निकटता हुन कठिन हुने हुँदा, यस किसिमका पर्वहरुले युवायुवती बीच आकर्षण पैदा गर्थ्यो।

 

कतै अचानक देखिएकी वा साथी भाइको निकट सम्बन्ध भएकी युवती प्रति एकोहोरो चाहना जन्मिए पछि प्रेमको अङ्कुरण, य:मरी पून्हीको साँझ मनाइने त्य: छिं त्य: फ्वनेगु ज्याझ्य: अर्थात घर घर य:मरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथी भाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो ।

 

युवतीको मनमा पनि प्रेमिल भावको अङ्कुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेट गर्दथे । त्यसैले य:मरी पून्हीको भोलिपल्टको दिनलाई “मतिना पारु” भनिन्थ्यो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिइन्थ्यो ।

 

विश्वविद्यालय र मिडिया समावेशी बनाउन जोड

 

काठमाडौँ — विश्व विद्यालयहरुका पाठ्यक्रमदेखि भौतिक संरचनामा दलित समुदायलाई समेट्नु पर्नेमा अधिकारकर्मीले जोड दिएका छन् । काठमाडौंमा आइतबार जागरण मिडिया सेन्टरले ‘विश्व विद्यालयहरुको पत्रकारिता शिक्षामा समावेशिता’ अन्तक्रियामा वक्ताहरुले उक्त विषयमा धारणा राखेका हुन् ।

 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख चिरन्जीवी खनालले पाठ्यक्रम समावेशी बनाउने विषयमा संवेदशील रहेको बताए । उनले कतिपय शैक्षिक संस्थाले आफ्ना पाठ्यक्रममा समावेशिता झल्किने विषय समेट्दै आएको सुनाए । ‘टियूले पनि समावेशी अभ्यास सुरु गर्ने प्रक्रियामा छ,’ उनले भने,‘जसमा संरचनागत समावेशी र पाठ्यक्रम दुवै पर्छ ।’ खासगरी विद्यार्थीले लेख्ने शोधपत्रमा पनि दलित समुदायका विषय उठान गर्न विशेष जोड दिइँदै आएको उनले सुनाए ।

 

प्रा डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा अन्तर्राष्ट्रियरुपमा ‘इन्टर कल्चर जर्नालीजम’ पढाउने गरिएको बताए । उनले भने, ‘नेपाली पत्रकारिताले पनि केही भाग अध्ययनको विषय बनाएको छ । यद्यपि त्यो नै पूर्ण भने होइन ।’

 

विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले पत्रकारिता क्षेत्रमात्र होइन, मिडिया र लेखरचना सबै अभिलेख राख्ने थलोमा दलित समुदायले दिएका योगदानको अभिलेखिकरण हुनुपर्ने बताए । अधिकाकर्मी टिआर विश्वकर्मालगायतका नाम उल्लेख गर्दै उनले दलित समुदायको व्यक्तित्व पनि पाठ्क्रममा हुन जरुरी रहेको बताए ।

 

अनुसन्धानकर्ता जेवी विश्वकर्माले भने, ‘नेपाली पत्रकारिताको इतिहास हेर्दा दलित समुदायको कटवाल संस्कृति पुरानो मानिन्छ । जसले आमसंचारमाध्यममा ठूलो महत्व राखेको छ । यस्ता संस्कृति र सभ्यताको पाठ्यक्रममा समोवश हुन सकेको छैन ।’

 

‘इतिहासमा दलित समुदायको योगदान छ तर, अभिलेखमा चुकिएको छ,’ उनले भने,‘अब अनुसन्धान गरेर मूर्तरुप दिनु आवश्यक छ ।’

 

जागरण मिडिया सेन्टरका महासचिव भीम घिमिरेले मिडियामा समेत भौतिक र विषयगत समावेशी अनिवार्य रहेको बताए ।

 

आयोगले तोक्यो समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची सच्याउने समय

 

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

 

आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।

 

उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने उनले बताए ।

 

उनले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गरे ।

 

तामाङ अक्षय कोष स्थापना हुने

 

काठमाडौँ — तामाङ राष्ट्रिय पुस्तकालय मातहत रहने गरी ‘तामाङ अक्षय कोष’ स्थापना हुने भएको छ । तामाङ समुदायसँग सम्बन्धित प्रकाशन र अनुसन्धानका लागि कोष स्थापना गर्न लागिएको हो ।

 

पुस्तकालय व्यवस्थापनका लागि सहयोग प्राप्त भइरहेकोले एक लाख रुपैयाँभन्दा बढी दिने दातालाई संरक्षक बनाएर कोष खडा गर्न लागिएको भाषाविद्‌ एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिए ।

 

‘पुस्तकालयले १ वर्ष पूरा गरेपछि कोष निर्माणका लागि अनुरोध गरौंला भन्ने योजना थियो तर सहयोग धमाधम जुट्न थालेकाले १ लाख रुपैयाँभन्दा बढी रकम दिनेलाई संरक्षक बनाएर सहयोगलाई तामाङ अक्षय कोषमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेका छौं,’ अध्यक्ष तामाङले भने, ‘१ लाखभन्दा कम सहयोग भने पुस्तकालय व्यवस्थापनमा खर्च गर्छौं ।’

 

अहिलेसम्म करिब ९ लाख रुपैयाँ नगद जम्मा भइसकेको उनले बताए । अक्षय कोषका लागि टासी लामा, ग्याल्पो योन्जन, तेन्जिङ लामा, जयमंगल लामालगायतले रकम उपलब्ध गराएका छन् । संस्थागत रुपमा नेपाल तामाङ समाज जापानले पनि १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

 

अक्षय कोषको रकम कुन बैंकमा राख्ने र कुन विषयको अनुसन्धानलाई कति रकम उपलब्ध गराउनेजस्ता कार्यविधि कार्यसमिति बैठकले टुंग्याउने पनि उनले बताए ।

 

यसैबीच, जापानका लागि पूर्वराजदूत गणेश योञ्जनले आफ्नो पिताको नाममा ‘पेमा वाड्गेल लामा स्मृति अक्षय कोष’ स्थापना गर्न ५ लाख रुपैयाँ पुस्तकालयलाई प्रदान गरेका छन् । तामाङ पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार बौद्धमा आयोजित कार्यक्रममा पूर्वराजदूत योञ्जनले अनुसन्धानार्थ स्थापना हुने कोषका लागि तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योन्जन-तामाङलाई चेक हस्तान्तरण गरेका हुन् । कोषको ब्याजबाट वार्षिकरूपमा अनुसन्धान थालिने अध्यक्ष तामाङले बताए ।

 

पेमा वाङ्गेल लामा स्मृति अक्षयकोष संरक्षक र पुस्तकालयका अध्यक्षबीच शनिबार नै समझदारीपत्रमा हस्ताक्षर भएको छ । कुन विषयका अनुसन्धानलाई कति रकम दिने भन्ने निर्णय पुस्तकालयले गर्नेछ ।

 

पुस्तकालयको वार्षिकोत्सवमा स्थापनाकालदेखि १० हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्ने १९ जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । पुस्तकालयलाई वाग्मती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामाले ‘सांसद शिक्षा कोष’बाट १० लाख रुपैयाँ बराबरको दराज, टेबल, कुर्सीलगायत फर्निचर उपलब्ध गराएको पनि अध्यक्ष तामाङले बताए ।

२०७९ मंसिर २८, बुधबार प्रकाशित 1 Minute 183 Views

ताजा समाचार