२०८० जेष्ठ २७ शनिबार

प्रधानमन्त्री भए, भ्रष्टाचार नियन्त्रण गर्छु : प्रचण्ड

 

प्रधानमन्त्री भए, भ्रष्टाचार नियन्त्रण गर्छु : प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् । प्रचण्डले भने,’ देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ । ’

annapurna post

प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताए । प्रचण्डले भने, ‘यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दिएका छन् । सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केहि दिन आवश्यक छ । यो निर्वाचनबाट केहि नयाँ राजनीतिक दल जन्मिएका छन् । नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्छ ।’

 

सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हीतमा लाग्ने विषयमा छलफल सुरु भएको बताए ।राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ।

 

प्रचण्डले भने,‘सबै राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनुछ । अनि मात्रै राजनीतिक क्रान्ति सफल हुन्छ ।’

Aannapurnapost

२०७९ मंसिर २९, बिहीबार प्रकाशित 1 Minute 59 Views