२०७९ माघ १६ सोमबार

फसिन नमज्जाले फसिन गायिका कमला घिमिरे, दोहोरीमा ‘घुम्न जाऊँ तल्तिर १० लाख लिएर’ भनेपछि समीक्षालाई पर्यो चोट !

फसिन नमज्जाले फसिन गायिका कमला घिमिरे, दोहोरीमा ‘घुम्न जाऊँ तल्तिर १० लाख लिएर’ भनेपछि समीक्षालाई पर्यो चोट !

गायिका समीक्षा अधिकारीलाई चोट दिने गीत बाल गायिका कमलाले गाएको भन्दै सामाजिक सञ्जालमा बहिष्कृत, कानुनि उपचार खोज्न माग (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ । समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ।

 

‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।

 

गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।

 

डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’ स्रष्टा नकुल ढकाल ले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्भ नेर भनेका छन् । ’

 

सार्वजनिक उक्त गीत कमला घिमिरे र सुमन परियारले गाएका थिए । सोमबार राति मन दुखाएर गायिका समीक्षा अधिकारीले बाँच्न गाह्रो भएको निराशा व्यक्त गरिन्। तर लेखेको केही मिनेटमै उनले त्यो स्टाटस हटाइन्। हटाएपछि स्क्रिनसर्ट सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ।

 

यसैगरी कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन्, भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् ।

 

समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको भन्दै गीतको आलोचना समेत भइरहेको छ । केहीले गायिका घिमिरेलाई समीक्षाले भोगेको जस्तो पिडा तिमिलाई नपरोस् भन्दै घिमिरेको आलोचना गरेका छन् ।

 

सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

 

लोक गायक राजु ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन । डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली ।’

 

त्यस्तै गायिका जमुनले गीतका विषयमा गायिका कमलाको आलोचना गरेकी छन् । उनले लेखेकी छन् ‘कमला बहिनी कति छिटो ठुली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’

 

अर्का लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् ।

 

पल शाह त्यति माथि पुगेको मान्छेले कानुन नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।’

 

ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका छन् ।’

 

लोक दोहोरी गायक रविन लामिछानेले दोहोरी मजाक नभएर हाम्रो संस्कृति भएको भन्दै गीत तर्फ ब्याङ्ग्य गरेका छन् ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले किटान गरेर नभने पनि स्टाटस् लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’

 

कमला घिमिरेको दोहोरीले पीडितलाई थप पीडा, बालगायिकाको दुरुपयोग गरेको भन्दै आलोचना

 

बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।

 

नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिकाटिप्पणी गरिरहेका छन् ।

 

सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको छ ।

 

सुमन गाउँछन्-

 

ती गाला देखेसी कस्तो कस्तो भो

 

मुस्ताङको स्याउजस्तै टोकुँजस्तो भो

 

कमलाले यसमा जवाफ दिन्छिन्-

 

न कोहीलाई भेट्न भनी आकी छ

 

होस गर अठार कट्नै बाँकी छ

 

उक्त गीतका थप टुक्का यस्ता छन्-

 

मन मिले अहिले नै नजिक सरम्ला

 

अठार कटेसी बिहे गरे गरम्ला

 

जानु है बेलुकी पानी पिएर

 

घुम्न जाऊँ तलतिर दश लाख लिएर

 

नानीको कुराले सातो गयो नि

 

दश लाखको माया त महंगो भयो नि

 

यस्तै हो छोडिदेऊ अब संसार

 

चल्न त परिगो कोही कोही अनुसार

 

यो तालले मायामा कहाँ फस्छु म

 

दश लाख तिर्दिन एक्लै बस्छु म

 

ढिला भो अब त घर जानलाई

 

जाम हिंड होटल कफी खानलाई

 

म फस्न चाहन्न होटल धाएर

 

यतै गफ गरम्ला पानी खाएर

 

भेट्नेछु फेरि नि अब आउने दिन

 

क्यामरा अन गर्छु पख एकैछिन

 

चिया नि कफी नि उतै खान्छु है

 

पेट काट्लाजस्तो भो घर जान्छु

 

हेर त एकचोटि मेरो आँखामा

 

नदाजौं मायालाई दश-बीस लाखमा

 

उक्त गीतमा प्रयुक्त शब्द र टुक्का अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबर्जस्ती करणी र बलात्कारको आरोपका घटनासँग सोझिएको बुझ्न कठिन छैन । नवलपुर जिल्ला अदालतले त पल शाहको मुद्दामा फैसला सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिन समेत आदेश दिएको थियो ।

 

गीतले यी घटनाका पीडितलाई थप पीडा थपेको भन्दै आलोचना भइरहेको छ । केहीले गीत र गायिकालाई बहिष्कार गर्नुपर्ने माग राखेका छन् । ती घटनाका आरोपीले अदालतमा दिएका बयानकै शैलीमा गाइएको लाइभ दोहोरी गीतमा प्रयोग भएको १० लाख भन्ने शब्दले धेरैको ध्यानाकर्षण गराएको छ ।

 

लोकगायक राजु ढकालले गीतमा टिप्पणी गर्दै डलरको लागि कलिला मुनालाई प्रयोग गरेर गीत गाउन लगाइएको भन्दै आपत्ति जनाएका छन् । कमला घिमिरेले गाएको उक्त गीतको उक्त स्क्रिप्ट अरु कसैले लेखिदिएको हुनसक्ने अनुमान उनले गरेका छन् ।

 

गायिका जमुना सनमले आफूलाई उक्त गीत सुन्दै लाज लागेको टिप्पणी गरेकी छन् । दोहोरी कलाकारबाहेक सर्वसाधारण कतिपयले युट्युब भ्युज र डलरका लागि कमला घिमिरेलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

उनीहरुको यो आशंका किन पनि गलत छैन भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले भद्दा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै केही महिनाअघि नाम चलेकासहित दुई दर्जन कलाकारलाई आइन्दा त्यसो नगर्ने सर्तमा सचेत गराएको थियो । नाम चलेका केही गायक-गायिकालाई पनि प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो ।

 

खासगरी डलर कमाउने नाममा लाइभ दोहोरी गीत छाडा बन्दै जान थालेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । त्यसको प्रभाव कमला घिमिरे र सुमन परियारको यो गीतको प्रकरणमा देखिएको छ ।

तर सामाजिक सञ्जालका कतिपयको धारणा चाहिं केही अलग छ । कमला घिमिरे र सुमन परियारले यथार्थ उजागर गरिदिएको भन्दै कतिपयले समर्थन व्यक्त गरेका छन् ।

महत्वपूर्ण कुरा, यौनहिंसाजस्तो संवेदनशील घटनाका पीडितको सामाजिक पुनर्स्थापना र सहज जीवनयापनका लागि पनि यस्ता गीतले मनोवैज्ञानिक असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।

२०७९ पुष २, शनिबार प्रकाशित 1 Minute 163 Views

ताजा समाचार